Pralhad Timilshina 1काठमाडौ । गाला रातो गाला रातो बोलको गीतले सुपरहिट बनेका गायक प्रल्हाद तिमिल्सिनाको हातको नाडीमा मात्र ८० हजार पर्ने ब्रान्डेट सुलेक्स घडी बाँधिएको पाइएको छ । घडीका अत्यन्त शौखिन नयाँ ब्रान्डका घडी आउनासाथ लाइहाल्ने प्रकृतिका प्रल्हादको घडी मोह सानैदेखिको हो । धेरै मोडलका घडी लाइसकेका उनको आलमारीमा धेरै ब्राण्डका घडीहरुको क्लेक्सन रहेका छन् । महंगो घडीमा १४ लाखसम्म पर्ने घडी पनि क्लेक्सनमा रहेको सुनाउने उनी पेट्रोलियम व्यवसायी हुन् । पिता सिताराम तिमिल्सिनाले विस्तार गरेको काठमाडौको कलंकी खसीबजार स्थित सीता फ्युल सेन्टर, कालिमाटीको सीता केयर तथा महाराजगंजको सीता फ्युलको मेनेजमेन्टको जिम्मेवारी बहन गर्ने कार्य उनीबाट भैरहेको छ ।

तेलको व्यापारको अलावा झापाामा यो बर्षबाट हाइड्रो कंपनी पनि पारिवारीक कंपनीको रुपमा विस्तार भैसकेको बताउने प्रल्हादको गीत गायन सानैदेखिको शौख हो । यो शौखलाई पूरा गर्न लुकीछिपी संघर्ष गर्न बाँध्य बनेको त्यो दिन तथा पललाई यतिखेर उनी संझिरहेका छन् । कुनैबेला प्रल्हाद सानै हुँदा पिता सिताराम तिमिल्सिनाले लहलहैमा लागेर चलचित्रमा ५० हजार लगानी गरेर फिल्मी राजनीतिले नोक्सानीमा परेपछि कला क्षेत्रमा पिताको मोहभंग भएको थियो । जसलेगर्दा आफ्ना सन्तान यस क्षेत्रमा भुलेर भएपनि नलागोस् भन्ने रहेको छ । त्यसले गर्दा कला क्षेत्रमा आउन चाहेर पनि ढिला भएको बताउने उनको पहिलो सांगीतिक एल्वम महक हो । महकका आठैवटा गीतहरु लोकप्रिय रहेको छ । ती सवै गीतका भिडियो पनि तयार भैसकेको छ।
एउटै एल्वमका सवै गीतको भिडियो तयार पार्ने पहिलो गायकको रुपमा उनी नै देखिएका छन् ।

Page No.3- Pralhad Timilshina 1

संपूर्ण भिडियो सहित महक एल्वमका लागि नगद पचास लाख खर्चेका उनमा खर्च गरेअनुरुप त्यसबाट आउटपुट राम्रो आएकोमा खुशी अवश्य छन् । तर, महक एल्वम बेचेर हालसम्म एक पैसा पनि हात पार्न नसकेकोमा उनको गुनासो पनि छैन्। दाम नपाएतापनि महकले नाम दिएको भन्न नचुकेका उनले यो बर्ष दोश्रो एल्वम महक–२ निकाल्ने तयारीमा रहेका छन् । महक–२ को लागि तयार भएको इल्ली–बिल्ली बोलको गीतले हाल बजार पिट्न थालिसकेको छ । एल्वम आउनु अघि नै बसन्त सापकोटाको संगीत र राजेन्द्र थापाको शव्द रहेको उक्त गीतले चर्चा पाउन थालेबाट उनी दंगिएका छन् ।

 

Page No.3- Pralhad Timilshina 3महकमा जस्तो महक–२ मा त्यस्तो महंगो खर्च नगर्ने पक्षमा रहेका उनी मलाई यो अनुभवले सिकाएको पाठ हो भन्न चुक्दैनन् । चलचित्र नोटबुकको गाला रातै गाला रातै तथा अर्को चलचित्र कालीको बट् स्लोली स्लोली बोलको गीतले उनलाई यो बर्ष सुपरहिट गायकमा नै दर्जित गरेको छ । छोरोको गीतहरु एक पछि अर्को हिट बन्न थालेपछि कला लाइनप्रति नै वितृषित बनेका उनका पिता समेत प्रल्हाद तिम्रा गीतले त गजब गर्न थालेका छन् भनेर तारिफ गर्न थालेपछि अझ उनी हौसिएका छन् ।
यद्यपि, तेल व्यवसायलाई छाडेर चौविसै घण्टा यसतर्फ नलाग्न पिताजीको चेतावनीलाई शिरोधार्य गर्दै आएका उनी तेल व्यवसायमा नै बढी जिम्मेवारीपूर्वक लागिरहेको पाइन्छ। त्यसबाट पाइएको फुर्सदमा मात्र सांगीतिक फिल्डमा लाग्ने गरेको पनि उनले बताएका छन् ।

Page No.3- Pralhad timilshina 4
प्रकाशन मिति–२०७२ साल चैत्र १३ गते शनिवार ।