काठमाडौ। पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करण संपन्न भएको छ। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा ने.सं. ११३३ देखि ने.सं. ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, म्यूजिक भिडियो र चलचित्र बीच उत्कृष्टलाई पुरस्कृत गरिएको हो। यो बर्षको पिपुल्स च्वाइस सम्मान वि.सं.२०७२ साल बैशाख १२ गते गएको महाभूकम्प विषयक दुई फरक म्युजिक भिडियो निर्देशन गर्ने दुई ख्यातिप्राप्त निर्देशक पवन जोशी र सुरेन्द्र तुलाधरलाई प्रदान गरियो।

 

Mr. Pawan Joshi vetran Director of Nepal Bhasha Film Industries.
Mr. Pawan Joshi vetran Director of Nepal.
Mr. Surendra Tuladhar & his family with in Happy mood on Vetran Director Awarded time.
Mr. Surendra Tuladhar & his family with in Happy mood on  Awarded time.

अवार्ड कार्यक्रममा नेपालभाषा संगीत क्षेत्रमा निरन्तर योगदान दिंदै आएका संगीतकर्मी विष्णु जल्मीलाई यस वर्षको पेजथ्री लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो। लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार जल्मीलाई ई ल्वहं पब्लिकेशनका संस्थापक धर्मबीर शाक्यले सम्मान पत्र प्रदान गरेका थिएभने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवार्ड प्रदान गरे।

Page 3 Award 1

संगीत क्षेत्रमा विभिन्न ८ वटा विधा, म्यूजिक भिडियो क्षेत्र अन्तर्गत ७ वटा र चलचित्र अन्तर्गत १८ वटा विधामा उत्कृष्टलाई पुरस्कृत गर्दै यस वर्षको पिपल्स अवार्ड सम्पन्न भएको हो। नामांकनमा पर्न सफल मध्ये एकलाई अवार्ड प्रदान गर्ने क्रममा संगीत अन्तर्गत उत्कृष्ट गायन महिलातर्फ ‘खालिगु भ्वँतय्’ गीतको लागि दीपा महर्जनले अवार्ड जितिन् भने उत्कृष्ट गायन पुरुषतर्फ ‘भिंगु कर्म यानाः’ गीतबाट सानुबाब्ु महर्जन उत्कृष्ट घोषित भए।

उत्कृष्ट संगीत संयोजकको अवार्ड भुपेन्द्र बज्राचार्यले ‘जिगु बैंश धाल’ जितेका थिए । ‘म्हिगः चान्हय्’ गीतको लागी जुगल डंगोलको संगीतलाई उत्कृष्ट घोषणा गरिएको अवार्ड समारोहमा नातिबज्र बज्राचार्यको रचना ‘छंगु माया’ उत्कृष्ट ठहरियो। उत्कृष्ट युगल गीत तर्फ भने ‘लिक्क च्वनाः’ गीतबाट शिवराज जोशी र रत्नशोभा महर्जनले अवार्ड हात पार्न सफल भए । ‘तुयूतुयू धाःगु’ गीतको लागी विरज महर्जन उत्कृष्ट नव प्रतिभाको रुपमा पुरस्कृत भए । पूर्णकाजी ज्यापुको एल्बम ‘ऋतुया लसं पिज्वःगु सः’ उत्कृष्ट बन्यो।

Page 3 Award 2

म्यूजिक भिडियो अन्तर्गत उत्कृष्ट मोडल महिला तर्फ ‘मुसुमुसु न्हिला’बाट रजनी खड्गी, उत्कृष्ट मोडल पुरुषतर्फ ‘छंगु लिक्क’को लागी सुरज व्यन्जनकार, उत्कृष्ट कोरीयोग्राफर सुनिता राजभण्डारी (लिक्क च्वनाः), उत्कृष्ट निर्देशन राजन शाहि (छंगु लागिं हे जि), उत्कृष्ट क्यामेरा पर्सन शैलेस डंगोल (न्ह्यःने मदुसां), उत्कृष्ट सम्पादन बालकृष्ण वंशी –चागः मालाः देगः लूथें), उत्कृष्ट म्यूजिक भिडियो रुपेन्द्र श्रेष्ठको मुसुमुसु न्हिलाः छं ले अवार्ड जित्न सफल भयो।

Awarded Mr. Rupendra Shrestha
Awarded Mr. Rupendra Shrestha

चलचित्र अन्तर्गत सबैभन्दा बढी अवार्ड ‘तिन तिकः महाःबिकः चलचित्र’को पोल्टामा पर्न सफल भयो। सो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्डको साथै सोहन मानन्धरले उत्कृष्ट दृश्य सम्पादन र उत्कृष्ट क्यामेरापर्सन, सोहि चलचित्रको टाइटल गीतले उत्कृष्ट ओरिजिनल साउन्डट्र्याक, उत्कृष्ट कलाकार पुरुष मुख्य भूमिकातर्फ रुपेन्द्र थक्वाः, उत्कृष्ट नवप्रतिभा महिलातर्फ निकि महर्जन, उत्कृष्ट नव कलाकार पुरुषतर्फ योगेन महर्जनले अवार्ड जित्न सफल भए।

Page 3 Award 3उत्कृष्ट स्क्रीनप्ले सुरेन्द्र तुलाधर (अंश), उत्कृष्ट संवाद आर्यम नकःमि (तुयूमति), अंश चलचित्रबाट राजेन्द्र खड्गीले उत्कृष्ट द्वन्द निर्देशक, उत्कृष्ट बालकलाकार नस्वाः जोशी (थ्व ला ग्यान्पु स्टाइल) उत्कृष्ट कोरीयोग्राफर विधामा भुवन श्रेष्ठ (अंश) ले जित्न सफल भए।

उत्कृष्ट निर्देशन विधामा आर्यम नकःमि (तुयूमति), उत्कृष्ट महिला कलाकार मुख्य भुमिका भिन्तुना जोशी (मू मदुगु जिन्दगी), उत्कृष्ट पुरुष कलाकार सह भूमिकामा श्यामसु्न्दर शिल्पकार (तिमिला), उत्कृष्ट महिला कलाकार सह भूमिकामा रोजिना सुवाल (थ्व ला ग्यान्पु स्टाइल), उत्कृष्ट हास्य कलाकार सविन शाक्य (तुयूमति), उत्कृष्ट खल कलाकार मानकृष्ण वावा (थ्व ला ग्यान्पु स्टाइल) ले जित्न सफल भयो।

Page 3 Award 4

कार्यक्रममा राजु शाक्य र संगीता खड्गीको भैरवकाली चर्या नृत्य र इन्द्र विनायक क्लबको ग्रुप डान्स प्रस्तुत गरीएको थियो भने अंजन श्रेष्ठले लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित विष्णु जल्मिका गीतहरुलाई म्यास अप प्रस्तुति दिएका थिए। कार्यक्रम नेपालभाषाको पहिलो रंगीन पाक्षिक पत्रिका पेजथ्री बाट आयोजना भएको थियो।
प्रकाशन मिति–२०७४ साल असोज ८ गते आइतवार ।