खुराफाती हाकिम मनोज आचार्य जीवन संगीनी नीता आचार्यको साथमा !
खुराफाती हाकिम मनोज आचार्य जीवन संगीनी नीता आचार्यको साथमा !

काठमाडौ। दानवीर अभिनेताको रुपमा कुनैबेला अत्यन्त चर्चा पाएका मनोज आचार्यलाई हिजोआज खुराफाती हाकिमको नामले चिन्ने गरेको छ। काठमाडौका सडक–गल्ली तथा काठमाडौ वाहिरका जुनसुकै स्थानमा पुग्दा पनि खुराफाती हाकिम भनेर अभिनेता आचार्यलाई टाढैवाट चिन्नेहरु बच्चा देखि बूढासम्म पाइएका छन्।

जिरे–खुर्सानीका राता मकै किरण केसी र मुखा हाँनुजस्तो शिवहरि पौडेलका साथमा खुराफाती हाकिम !
जिरे–खुर्सानीका राता मकै किरण केसी र मुखा हाँनुजस्तो शिवहरि पौडेलका साथमा खुराफाती हाकिम !

खुराफाती हाकिमको क्रेजमा निक्कै चम्केका लोकप्रिय हाँस्य सिरियल जिरे–खुर्सानीका खुराफाती हाकिम आचार्यलाई कतिले टीका लाएर बनाएको भिनाजु भनेर पनि चिन्ने गरेको छ। जिरे–खुर्सानीको अभिनयमा प्राय रिसाइरहने तथा कडा मिजासका देखिएका यी खुराफाती हाकिमसँग बाटोमा आँट गरेर बोल्न तथा अटोग्राफ लिनका लागि धेरैले आँट गर्न सकेको देखिदैन।

 जिरे–खुर्सानीका राता मकै किरण केसी र मुखा हाँनुजस्तो शिवहरि पौडेलका साथमा खुराफाती हाकिम र खुराफाती हाकिमनी हिमा कोइराला !

जिरे–खुर्सानीका राता मकै किरण केसी र मुखा हाँनुजस्तो शिवहरि पौडेलका साथमा खुराफाती हाकिम र खुराफाती हाकिमनी हिमा कोइराला !

जिरे–खुर्सानीमा जस्तो कडा मिजासको हुने हो कि या बाटोमा नै खुराफातीका सन्तानहरुले बाटोमा पनि सुख नदिने भयो भनेर उल्टै सात्तो लिने हो कि भनेर डराउनेहरु पनि पाइएको छ। यथार्थमा खुराफाती हाकिम अभिनयमा जस्तो यथार्थ जीवनमा त्यस्तो कडा छैन्। नरम तथा दानवीर पाइएको छ। वि.सं.२०४५ सालको भदौ ५ गते आएको विनाशकारी भूकम्पवाट पीडितहरुको लागि राहत माग्देै आएकाहरुलाई यी खुराफाती हाकिमले लाइरहेको कोट तथा कमिज दुवै फुकालेर काठमाडौको मैतिदेवीमा दान दिएको देख्नेहरु अझैपनि उनलाई दानवीर भन्नेहरु पाइन्छन्।

khurafati-hakim-manoj-acharya-5

अर्कोतर्फ सानोतिनो सहयोग सवैलाई गर्ने खुराफाती हाकिम आचार्यको मध्यबानेश्वर स्थित पञ्चकुमारी मार्गमा घर हुंदा त्यहाँ प्राय सवै कलाकारहरुलाई शुटिङ्ग गर्न आफू बाहिर गएरै भएपनि कयौपल्ट घर प्रयोग गर्न दिने गरेको उनकै जीवन संगीनी नीता आचार्यले भिजन संसारसंगको भेटमा भनेकी छन्। विगत ४० बर्षदेखि नेपाली रंगमञ्च देखि चलचित्रसम्मको अभिनय यात्रामा निरन्तरता दिदैआएका यी खुराफाती हाकिमले दर्जनौ दर्जन चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन्।

khurafati-hakim-manoj-acharya-2

पहिलो चलचित्र भने पाइलट विजय लामाको निर्माण रहेको चलचित्र आदर्श नारी हो। आर्दश नारी पछि धेरै चलचित्रहरुमा विभिन्न भूमिकामा अभिनय गरेका खुराफाती हाकिम बास्तविक जीवनमा पनि हाकिम बनेर नेपाल बैंक लिमिटेड, एभरेष्ट होटलको क्यासिनो लगायतमा अठार बर्ष काम गरेर हाल फुलटाइमर कलाकार बनेका छन्। कलाकारिता नै जीवनको मूलधार बनाउंदै अग्रसर बन्दैआएका ६० बर्षका यी खुराफाती हाकिमको ज्यानमा जोशको कुनै कमी देखिदैन। अझै २० बर्ष यस्तै रफ्तारमा काम गर्न सक्ने खुवी तथा आँट रहेको खुराफाती हाकिम बताउंछन्।
प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।