etna-karki-1

काठमाडौ। नेपाली मोडल ऐटना कार्की यतिखेर अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआएकी छन्। नेपाल तथा विदेश जहाँ रहेतापनि मोडलिङ्गलाई मूलधारको पेशा बनाउंदै आएकी ऐटनाले अमेरिका बसाईको दुई बर्षमा दुई दर्जन जति विभिन्न नेपाली तथा विदेशी म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरिसकेकी छन्।

etna-karki-2

त्यहाँवाट निस्कने केही प्रोडक्टहरुमा समेत मोडलिङ्ग गरिसकेको बताउंने ऐटना न्यूयोर्कमा नै शुटिङ्ग हुन गैरहेको एक नेपाली चलचित्रवाट डेब्यु गर्दैछिन्। अमेरिकामा विशेषत रियल स्टेटको व्यापार गर्दैगरेको बताउने ऐटना मोडलिङ्ग तथा अभिनयमा त्यतिकै व्यस्त बनिरहेकी छन्।

etna-karki-5

अमेरिकाको अत्यन्त बिजी लाइफमा हाललाई हब्बीको विषय मात्र बन्दैआएको मोडलिङ्गलाई निरन्तरता दिन सक्नु नै ठूलो कुरा भएको छ। विदाको दिनलाई उपयोग गर्दै मोडलिङ्ग करियरलाई पनि निरन्तरता दिने कार्या ऐटनावाट भएको छ। केही बर्ष अगाडि प्रिमियर टेलिकमको एसिया ब्राण्ड एम्बासडर समेत बनिसकेकी ऐटनाले लाइफलाई लक एण्ड लब भन्न रुचाउंछिन्।

etna-karki-4etna-karki-3प्रकाशन मिति–२०७३ साल भदौ २८ गते मंगलवार ।