sunil-bardewa-1काठमाडौ। गोरेटो अनि उस्तै छ गल्लीका चर्चित गायक सुनिल वर्देवाको मंगलवार राति दुःखद निधन भएको छ।

एक बर्षअगाडि पत्नीको निधन भएपश्चात निक्कै नै विच्छिप्त बन्दै आएका सयौ बुनियाद गीतका गायक तथा प्रतिभाशाली गितारिष्ट एवम् म्युजिक एरेञ्जर तथा संगीतकार बर्देवाको एकाएक निधनको खवरले सवैलाई विछिप्त बनाएको छ।

निक्कै नै शालिन मिजासका गायक बर्देवाको तन्नेरी अवस्थामा निधन भएवाट संगीत क्षेत्रमा अपुरणिय क्षति पुगेको संगीतकर्मीहरुले महशुश गरेका छन्।

काठमाडौको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा कलेजोको उपचार गर्न पुगेका गायक बर्देवा त्यो रोगलाई जितेर त्यहाँवाट फर्कन सकेन। बर्देवाका दुई सन्तान रहेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २९ गते ।