shweta-khadka-in-dashain-5काठमाडौ। विगत दुई बर्षदेखि दशैंको टीका नलाएकी नायिका स्वेता खड्काले यो बर्ष भने टीका लगाएकी छन्। निधारमा रातो टीका तथा कानमा जमरा सिउरेर खुशीका साथ दशैं मनाएकी छन्।

Shweta Khadka giving Dashain's Teeka & Jamara by her Dance Teacher Laxmi Shrestha
Shweta Khadka giving Dashain’s Teeka & Jamara by her Dance Teacher Laxmi Shrestha

प्रत्येक दशैंले आफूलाई बेग्लै ऊर्जा प्रदान गर्ने बताएकी नायिका खड्काले दुई बर्षअघि श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको दुःखद निधन भएको कारण दशैं मनाएकी थिइनन्। पोहोर साल सासुआमाको देहान्त भएकोले पनि दशैंको टीका लगाएकी थिइनन्। यो बर्ष भने खुलेर दशैं मनाएको बताउने नायिका खड्का सामान्य जीवनमा स्वभाविक रुपमा फर्किसकेकी छन्।

Dashain's Teeka selfi with friends.
Dashain’s Teeka selfi with friends.

शोकलाई शक्तिमा बदलेर स्वर्गवासी श्रीमान नायक श्रीकृष्ण श्रेष्ठका अधुरा कार्य तथा सपना पूरा गर्नमा हाल आफू तल्लिन रहेको पनि उनले भनेकी छन्। चलचित्र कहाँ भेटिएलावाट नायिका बनेकी उनले श्रीमान–श्रीमती र कोहिनूरमा अभिनय गरेकी छन्। निकट भविष्यमा आफैले नयाँ चलचित्र बनाउने सोचमा उनी रहेकी छन्। त्यसको तयारीमा हाल आफू रहेको समेत भनेकी छन्।

shweta-khadka-in-dashain-4 shweta-khadka-in-dashain-6प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।