namaste-nepal-3namaste-nepal-teamलण्डन । युरोपमा सम्पूर्ण छायाँकन गरिएको तथा १८ देशका कलाकारले अभिनय गरेको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ हाल बेलायतका विभिन्न शहरमा रिलिजका क्रममा निर्देशक राजु शाह, हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ लगायतका टोली यतिबेला लण्डनमा छन्।

namaste-nepal

गत असोज २४ देखि रिलिज भएको चलचित्र ‘नमस्ते नेपाल’ नेपालीहरुको महान पर्व तिहारसम्म बेलायतका स्थानिय नेपालीहरु माझ विषेश प्रदर्शन हुने क्रममा रहेको छ । कमेडी, सस्पेन्स एवं पूर्ण मनोरञ्जनात्मक चलचित्र नमस्ते नेपालमा श्याम श्रेष्ठ, सविन श्रेष्ठ, गोपाल ढकाल ‘छन्दे’, सनम कुमार बैराग, पार्वती अधिकारी, अनुजा प्रधान, नरेन्द्र थापा, कमला दाहाल लगायत विदेशी कलाकारहरुको समेत अभिनय रहेको छ । वरिष्ठ नृत्य निर्देशक राजु शाहले यस चलचित्रका निर्देशन गरेका छन्।

namaste-nepal-1

प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।