काठमाडौं। दोस्रोपटक किडनी ट्रान्सप्लान गराएका प्रधानमन्त्री केपी शर्मा ओली ‘डिस्चार्ज’ भएका छन् । शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन। गत फागुन २१ गते किडनी ट्रान्सप्लान गराएका प्रधानमन्त्री ओली किडनी ट्रान्सप्लान गराएको १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

किडनी ट्रान्सप्लानका लागि ओली फागुन १९ गते अस्पताल भर्ना भएका थिए। त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज दिएको र बाँकी उपचार निजी चिकित्सकहरुले बालुवाटारबाटै गर्ने व्यवस्था मिलाइएको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई नातामा ओलीकै भाञ्जी पर्ने ३१ वर्षीया समीक्षा संग्रौलाले किड्नी दिएकी थिइन्। प्रधानमन्त्री ओलीको उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको त्रिविवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रकाशन मिति–२०७६ साल फागुन ३० गते शुक्रवार ।