international-film-award-in-nepalकाठमाडौ। अखिल नेपाल चलचित्रकर्मी संघले अन्तरराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ। यही आउने पौष २७ गतेदेखि माघ २ गतेसम्म पाँच दिन अन्तरराष्ट्रिय चलचित्र महोत्सव काठमाडौ वाहिर धरानमा गर्ने तय भएको संघले आयोजना गरेको पत्रकार सम्मेलनमा भनेको छ।

सोही सम्मेलनमा संघले महोत्सवमा सहभागिताका लागि विश्वभरका चलचित्रकर्मीहरुलाई आवेदन दिन पनि सूचित गरेको छ। उक्त महोत्सवमा विभिन्न अवार्डहरु वितरण गरिने संघका अध्यक्ष केपी पाठकले बताए। वितरण हुने अन्तर्राष्ट्रिय अवार्डहरुमा वेस्ट फिचर फिल्मका लागि एक लाख रुपैयाँ राशीको ‘गौतम बुद्ध फिल्म अवार्ड’, वेस्ट डकुमेन्ट्रीका लागि ५० हजार राशीको ‘सगरमाथा फिल्म अवार्ड’ र वेस्ट शर्ट फिल्मका लागि ३० हजार राशीको ‘रारा फिल्म अवार्ड’ रहेका छन्।

international-film-award-in-nepal-1

त्यस्तै राष्ट्रिय अवार्डहरुमा ५० हजार राशीको श्रीजंग अवार्ड, ३० हजार राशीको रामप्रसाद राई अवार्ड, र २० हजार राशीको चतुरमान राजवंशी अवार्ड वितरण गरिने बताइएकोछ। ५० वर्ष बितिसकेको नेपाली चलचित्रको इतिहासमा आफ्नो मौलिकता भन्ने अझै प्रष्ट नभएको र मौलिकताको खोजी गर्ने सन्दर्भमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने संघको अपेक्षा रहेको छ महोत्वसका लागि क्युवा इजिप्ट लगायतका देशबाट ३० भन्दा धेरै चलचित्र आइसकेको संघले बताएको छ।

संघले मंसिर १० गतेसम्मका लागि आवेदन खुला गरेको छ। संसारका जुनसुकै स्थानबाट अनलाइनमार्फत आवेदन दिन सकिने निर्देशक राजु केसीले बताए। महोत्सवका लागि चलचित्र, डकुमेन्ट्री, ‘शर्ट मूभी’ जुनसुकै पठाउन सकिनेछ। महोत्सव आगामी वर्षमा सातै वटा प्रदेशमा गर्ने योजना रहेको चलचित्र समिक्षक माधव ढुङ्गेलले बताए।
प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।