The Plan 1काठमाडौ। लामो समय हङ्गकङ्गमा बसोबास गर्दै हाल प्रवास बेलायतमा बस्दैआएका प्रसिद्ध अभिनेता ध्रुव दत्त अभिनित पहिलो नेपाली कथानक चलचित्र द प्लान शुक्रबारवाट विश्वभर एकसाथ रिलिज भएको छ। युट्युब मार्फत रिलिज भएको चलचित्र द प्लानलाई हाईलाइट्स नेपालले सार्वजनिक गरेका हुन्।

प्रविन बराईलीको निर्देशन, छायांकन र सम्पादन बनेको चलचित्र द प्लानको लेखन प्रबिन र दिप मग्रति गरेका हुन्। निर्माण कृष्णबहादुर लाम्गादेको रहेको छ। चलचित्रमा सह निर्माताको युद्ध पुन, शिव लिम्बु, दिपेश लाम्गादे, सन्तोष लाम्गादे र रत्न लाम्गादे रहेका छन् । संगीत प्रकृत बराईली गरेका छन साथै स्वर सन्दीपले दिएका छन् ।

The Plan 2

नेपाली चलचित्रको अभिनय क्षेत्रमा खारिएका ध्रुब दत्तले अभिनय गरेको पछिल्लो फिल्म तीन घुम्ती र हालै बेलायतमा अत्यधिक चर्चामा रहेको सनम कुमार बैराग निर्देशित नाटक जीगिषामा पनि राम्रो चर्चा बटुल्न सफल भएका छन्। द प्लानमा ध्रुव दत्तका साथमा जुनु पुन, सर्बिना श्रेष्ठ, युद्दा पुन र शिवा लिम्बु लगायतका कलाकारको अभिनय गरेका छन्।The Plan 3 चलचित्र द प्लान सस्पेन्स बिषय बस्तुलाई समेटिएको आम दर्शकलाई आकर्षक बनाउन सफल चलचित्र मानिन्छ। चलचित्रको सम्पूर्ण छायंकन हङकङमा भएको हो।

प्रकाशन मिति–२०७४ साल बैशाख २४ गते आइतवार ।