काठमाडौं। नयाँ पुस्ताका नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा वीचको प्रेम तथा रोमान्सले तातिएको नेपाली फिल्म इण्डष्ट्रीमा फेरि नयाँ कुरा आएको छ। त्यो हो–दुवैवीचको पुरानो घाउ बल्झेको ।

त्यो पुरानो घाउ नायिका श्रेष्ठ र नायिका शर्मा वीचको हो या होइन ? त्यो भन्न नसकेपनि यी दुई नायक–नायिका अभिनित विलकुलै नयाँ गीतको भिडियोको बोल भने अवश्य हो। दुवैको बुलन्द अभियन रहेको म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ का रचयिता चन्द्र प्रसाई हुन्।‘

सन्तोष श्रेष्ठले संगीत भरेको गीत मेलोडियस शैलीमा तयार पारिएको छ । गीतमा बिष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले उतारिएको छ । गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन् ।

प्रकाशन मिति–२०७७ साल माघ २४ गते शनिवार ।