काठमाडौं। पछिल्लो नयाँ चलचित्रको नामै कृष्ण–लिला रहेको छ। नाम अनुसार कामै कृष्ण–लिला बनेको हो। यस चलचित्रमा कृष्ण–लिला गर्ने कार्य अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्रीले दिल खोलेर गरेका छन्।

प्रदर्शनको संघारमा रहेको चलचित्र कृष्ण–लिलाको निर्देशन दीपक ओलीले गरेका हुन्। आगामी चैत २७ गतेवाट देशव्यापी प्रदर्शनको तयारी रहेको जानकारी यस चलचित्रका सञ्चार प्रमुख लक्ष्मण सुवेदीले दिएका छन्। रोहित कट्टेलको प्रस्तुतिमा आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित कृष्ण–लिलाको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।

पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारहरुको अभिनय रहेको छ।


प्रकाशन मिति–२०७७ साल माघ २४ गते शनिवार ।