ललितपुर । स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ।

नेपाली तथा नेपालभाषीहरु माझ पहिचान राखेर यतिखेर एम्स इन्टरटेन्टमेन्ट तथा संसार क्रियशन मार्फत विश्वव्यापी फैलिने कोशिशमा स्वतन्त्र संसार रहेका छन्। उनै स्वतन्त्र संसार महर्जन संस्थापक अध्यक्ष रहेको एम्स इन्टरटेनमेन्ट प्रा.लि.को चौथो वार्षिक उत्सव तथा साधारण सभा संपन्न भएको छ।

सभाले नयाँ कार्य समिति चयन गरेको छ। ललितपुरको कार्य विनायक खोकना स्थित संसार्स अनलाइन टेलिभिजनको प्रधान कार्यालयमा आयोजित सभाले सुरेन्द्र महर्जन (ताप्ख्यमी) को अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। जसमा उपाध्यक्ष राम कुमार महर्जन, महासचिव राजेन्द्र कुमार महर्जन, कोषाध्यक्ष अन्नु महर्जन र सदस्यहरुमा बुद्धि डंगोल, विष्णु भक्त डंगोल, सन्जु महर्जन, रुक्साना महर्जन, प्रेमा संसार महर्जन चयन भएका छन्। निर्वतमान अध्यक्षका रुपमा संस्थापक स्वतन्त्र महर्जन रहेका छन्।

देशभित्र तथा देशवाहिरका जुनसुकै स्थानमा हुने सांस्कृतिक इभेन्ट कार्यक्रमहरु एम्स इन्टरटेन्टमेन्टवाट हुंदैआएको छ। अघिल्ला बर्षहरुमा दशैं महाउत्सव, पेज थ्री अवार्ड विजेता सम्मान, रविन्द्र शाही पच्चीस बर्षे यात्रा लगायतका दर्जनौ कार्यक्रम गरेर स्वतन्त्र संसारको एम्स इन्टरटेन्टमेन्टले बेग्लै परिचय तथा पहिचान कायम गरिसकेको छ।


प्रकाशन मिति–२०७७ साल माघ २४ गते शनिवार ।