काठमाडौं। विश्व विख्यात हलिउड नायिका तथा गायिका एवम् निर्माता जेनिफर लोपेजलाई अनुहार चमकाउन सर्जरी गरेको आरोप लागेको छ। ५१ बर्षको उमेरमा पुगिसक्दा पनि जेनिफरको अनुहारमा आएको चमकता पाएपछि सर्जरी गरेको आरोप आएको हो।

यस आरोपालई ५१ बर्षिया सुन्दरी जेनिफरले आफूले अनुहारमा बोटक्स वा अन्य केही कृत्रिम कुराहरु अनुहारमा लगाएको कुरालाई अस्विकार गरेकी छन्। उनले आफ्नो अनुहारमा कुनै पनि प्रकारको इन्जेक्सन नलगाएको र सर्जरी पनि नगरेको जिकिर गरेकी छन्।

विभिन्न समाचार माध्यमहरुसंगको कुराकानीमा जेनिफरले भनिन्–”म अरु कसैको निर्णयलाई मुल्यांकन गर्न सक्दिनँ । कसैले बोटोक्स वा इजेक्टेबेल्स गराउन चाहन्छ भने त्यो ठिक छ। तर, मानिसहरुले ममाथि झुटो आरोप नलगाउन् भन्ने मेरो चाहना हो।”
उनले, आफूले कहिल्यै पनि झुटो नबोलेको भन्दै आफूले आफ्नो जिन्दगीमा पुरा इमान्दार भएर काम गरेको बताएकी छिन् ।

हालै मात्र, एक फ्यानले सामाजिक संजालमा स्टारले झुटो बोल्ने गरेको आरोप लगाएपछि लोपेजले त्यसको जवाफ दिएकी थिइन् । उनले, आफूले बोटोक्स वा कुनै प्रकारको सर्जरी नगरेको बताएकी थिइन् ।


प्रकाशन मिति–२०७७ साल माघ २२ गते विहीवार ।