काठमाडौं। नेपाली चलचित्र उद्योगकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरकी एक मात्र छोरी कविता मानन्धर फेरि चलचित्रमा आउने भएकी छन्। नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीवाट डेब्यु भएकी करिश्मा सुपुत्री कविता अर्को नयाँ चलचित्रमा आउने भएकी हुन्।

कविताले अभिनय गर्ने भनिएको नयाँ चलचित्रको नाम बनबास हो। आगामी नयाँ बर्ष २०७८ साल बैशाखमा निर्माण हुने चलचित्र बनबासमा कविताको प्रमुख अभिनय हुने भएको छ। जसको निर्माण कविताकै आमा करिश्मा मानन्धरले नै गर्ने भएको खुलासा भएको छ।

शिव श्रेष्ठ निर्मित चलचित्र एउटा यस्तो प्रेम कहानी राम्रो चलचित्र भएतापनि कोरोनाको महामारीको लगतै माघ २ गतेवाटै रिलिज भएको कारण राम्रोसंग चल्न सकेन । कोरोनाको मारमा परेको नेपाली चलचित्र उद्योगलाई उकास्न नायक शिव श्रेष्ठले कुसमयमा नै भएपनि चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज गरेर रिस्क मोलेतापनि त्यो सफल हुन सकेन।

तरपनि, नेपाली चलचित्रको बजारलाई उकास्ने कार्यमा नायक शिव श्रेष्ठको चलचित्र एउटा यस्तो प्रेम कहानीले चलचित्र रिलिजमा आँट गरेकै हो। यस अर्थमा नायक शिव श्रेष्ठको जोखिमपूर्ण आँटलाई सवैले तारिफ गरेको पाइएको छ। कोरोनाको महामारीको डरले चलचित्र हलमा चलचित्र एउटा यस्तो प्रेम कहानी हेर्न जान नेपाली चलचित्रका दर्शकहरु डराएतापनि नेपाली चलचित्र उद्योगमा नयाँ पुस्तालाई हौसला दिएको चलचित्र भने पक्का हो।

चलचित्र एउटा यस्तो प्रेम कहानीवाट करिश्मा पुत्री कविताको जस्तै नायक शिव श्रेष्ठ पुत्र शक्ति श्रेष्ठको पनि डेब्यु भएको छ। अष्ट्रेलियावाट रिटर्न भएका शक्ति र अमेरिकावाट रिटर्न कविताको प्रेम कथा रहेको एउटा यस्तो प्रेम कहानीवाट यी डेब्यु नायक तथा नायिकाका छोरा–छोरीको आगमन सुखद हुन नसकेतापनि आगामी दिनहरुमा सुखद बन्दै जाने अपेक्षा दुवै नायक–नायिकाको रहेको छ।

यसकारण पनि चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज डेट कुसमय भएतापनि आफ्नो छोरी कविताको मनमा नेगेटिभ छाप हटाउनकै लागि भएपनि आफैले नयाँ चलचित्र बनबास निर्माण गर्ने घोषणा करिश्मावाटै भएको छ। जुन नेपाली चलचित्र उद्योगका लागि थप उत्साह मान्न सकिन्छ। यसअघि करिश्माले ढुकढुकी, बाबुसाहेव र फागु नामक तीन चलचित्र निर्माण गरिसकेकी छन्।
प्रकाशन मिति–२०७७ साल माघ १९ गते सोमवार ।