लण्डन । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिदै आएका चलचित्रकर्मी राजेन्द्र भट्ट नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजक वनेका छन्। चलचित्रकर्मीको अलावा नेपाली टेलिभिजन पत्रकारितामा झण्डै दुई दशकदेखि निरन्तर योगदान दिदै आएका चलचित्रकर्मी भट्टले गरिमामय नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजकको जिम्मेवारी पाएका हुन्।

सञ्चारकर्म र चलचित्रकर्मलाई एकसाथ लिएर हिंड्ने गौरबमय सोच र खोजअनुरुप नेपाल फिल्म सोसाइटी युके मार्फत नेपाली चलचित्रको प्रवद्र्धनमा क्रियाशील भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चलचित्रकर्मी भट्टले आफू नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजक भएयता नेपाली चलचित्रलाई डायस्पोराका नेपाली समुदाय माँझ पुर्याउने जिम्मेवारी थपिएको वताउंदै थपिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ बनेर पूरा गर्ने बताए।

लामो समय बेलायतमा टेलिभिजन पत्रकारिता गर्दैआएका नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजक भट्टव्दारा लिखित गैरआवासीय नेपाली संघका बिषयमा विभिन्न पुस्तक समेत प्रकाशित भैसकेका छन् । नेपाल चलचित्रलाई डायस्पोराका बजारमा पुर्याउन गत वर्ष कलाकार जानकी पन्तको अध्यक्षतामा बेलायतमा कार्यसमिति गठन भएको थियो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदास जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री छन ।

सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् । यसैगरी सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन् ।
प्रकाशन मिति–२०७७ साल माघ १८ गते आइतवार ।