काठमाडौं। नायिका र निर्देशक वीचको प्रेम संवन्ध अनि विवाह खासै नौलो कुरा होइन। पछिल्लो पल्ट चलचित्र ऐश्वर्यकी हट नायिका दीपिका प्रसाई तथा सोही चलचित्रका निर्देशक दिवाकर भट्टराई वीचको प्रेम–रोमान्सले साकारता पाएको छ।

दुवैवीचको लामो समयदेखिको प्रेम संवन्धलाई साकार पारेका छन्। दुवैले दशैंको अवसर पारेर कोर्ट म्यारिज तथा इन्गेजमेन्ट दुवै गरेका छन्। विवाह संभवत अर्को बर्ष गर्ने दुवैले योजना बनाएका छन्।

दीपिकाले चलचित्र ‘छक्का पन्जा ३’मा काम गरेकी छिन् भने दिवाकरले निर्देशन गरेको ‘क्याप्टेन’ चलचित्र रिलिजको तयारीमा छ।


प्रकाशन मिति–२०७५ साल कात्तिक ११ गते आइतवार।