Suraj Chandaकाठमाडौ। नेपाली चलचित्रका पुराना सिनेमाटोग्राफर तथा फोटोग्राफर सुरज चन्दको निर्देशनमा चलचित्र उफ यो मन निर्माण हुने भएको छ। प्रेम कथामा आधारित चलचित्र उफ यो मनको संपूर्ण छायाँकन पहाडकी रानी दार्जिलिङ्गमा हुने भएको छ।

Uff Yo Man

उफ यो मनको छायाँकनको लागि चलचित्र उफ यो मन टीम यही भदौ २१ गते दार्जिलिङ्ग प्रस्थान गर्न लागेको जानकारी पनि निर्देशक चन्दले दिएका छन्। राजु विक्रम राणाको छायाँकन तथा अनु शाह निर्माता रहेको चलचित्र उफ यो मनको नायकमा सुरज गराज तथा नायिकाहरुमा अमि दाहाल र समिता गिरी रहेका छन्।

साथमा दीपक क्षेत्री, रोहित रुम्वा लगायतका कलाकारहरुको अभिनय रहने भएको छ। निर्देशक चन्दले यसअघि चलचित्र लुट–कंपनीको निर्माण तथा निर्देशन गरेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।