Film Bathingकाठमाडौ। मनोरञ्जनको प्रमुख माध्यमको रुपमा पहिला देखि प्रचलनमा रहेको फिल्म हेर्ने प्रविधि तथा आचरणमा पनि नौला नौला परिवर्तन देखिन थालेको छ। यसैक्रममा कतिपय मुलुकमा नुहाउंदै–रमाउंदै फिल्म हेर्न प्रचलनमा बृद्धि हुन थालेको छ। नुहाउंदै फिल्म हेर्न पाउने हलहरुको स्थापना पनि भैसकेको छ। ती फिल्म हलहरुमा फिल्म हेर्नुको बेग्लै रोमाञ्चकता नै हुने गरेको दर्शकहरुको प्रतिक्रिया रहेको छ।

ती हलहरुमा अग्रपंक्तीमा बेलायतको लण्डन स्थित हट ट्युब सिनेमा पनि रहेको छ। जहाँ नुहाउंदै फिल्म हेर्नको लागि बाथ टब नै व्यवस्था गरिएको छ।फिलिपिन्सको न्युपोर्ट सिटीस्थित न्यूपोर्ट अल्ट्रा सिनेमा लग्जरी थिएटरको रुपमा रहेको छ र पूर्णतया थ्री डी प्रविधिमा आधारित छ। ८० जना दर्शकको क्षमता रहेको उक्त हलमा धेरैजसो जोडी नै जान्छन्। जहाँ गोपनीयताको पूर्ण ख्याल गरिन्छ।

ग्रिसको ओलम्पिया थिएटरमा दर्शकहरुलाई भव्य ओछ्यानमा सुतेर फिल्म हेर्ने मौका मिल्दछ। हरेक ओछ्यानमा २ जना सुत्न पाउँछन् । सन् १९१० मा आर्किटेक्ट स्ट्याबरोस क्रिस्टिडिसले यो थिएटरकोे डिजाइन गरेका थिए। वर्तमान थिएटरको डिजाइन भने सन् १९५० मा गरिएको हो। पेरिसको मूभी थिएटर पनि दुनियाको खास थिएटरको रुपमा मानिन्छ। यसमा डुंगाजस्तै सिट व्यवस्थापन मिलाइएको छ । यो थ्री डी हल हो। कुनैपनि मूभी हेर्नु पहिले दर्शकलाई चश्मा पहिराइन्छ।
प्रकाशन मिति–२०७३ साल असार २१ गते मंगलवार ।