B Pandey's Gunasho 8काठमाडौ। बुनियाद गीतका अग्रज गीतकार बी पाण्डेयका आधुनिक गीतहरुले तहल्का मच्चाइरहेको बेलामा नयाँ गीत यसै हप्ता रिलिज गरिएको छ।

गुनासो एल्वमको टाइटल गीतलाई युट्युबबाट रिलिज गरेको गुनासो बोलको गीतले फेरि पनि बढ्दो बी पाण्डेयेको साखमा साख बढाउने निश्चित देखिएको छ। मलिना राई र गुणराज श्रेष्ठको युगल गायन रहेको यस गीतको म्युजिक कम्पोज भने सुवाष भूसालको रहेको छ।

B Pandey's Gunasho 5राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन तथा सुरेश राउतको सम्पादनमा गुनासोको म्युजिक भिडियोमा कुनै गुनासो गर्ने स्थान नै नराखेको दावी यस गीतको म्युजिक भिडियोको निर्देशक समेत रहेका गीतकार बी पाण्डेयले भनेका छन्। लामो समयको अन्तरालमा स्रोता तथा दर्शक माझ राम्रो गीत र यस गीतको भिडियो रिलिज गर्न पाउंदा अत्यन्त खुशी लागेको उनी भन्छन्। गीतको भिडियोमा सृष्टि खड्का, किशोर खड्का कञ्चन केसी र गुणराज श्रेष्ठको अभिनय रहेको छ।

B Pandey's Gunasho 4

https://youtu.be/W6lnExuFZaA

प्रकाशन मिति–२०७३ साल असार १९ गते ।