Karina Kapoor Preganent 3 Karina Kapoor Preganent 2 Karina Kapoor Preganent 1Karina Kapoor Preganent 5काठमाडौ। बलिउडकी चर्चित अभिनेत्री करिना कपुर गर्भवती भएको पक्का–पक्की भएको छ।

भारतीय सञ्चार माध्यमहरुले अनुमानको भरमा समाचार संप्रेषण गरिरहेको अवस्थामा करिनाका पति अभिनेता सैफ अली खानले करिना गर्भवती भएको आइतवार पुष्टि गरेका छन्।

आगामी डिसेम्बर महिनामा करिनाको डेलिवरी हुने पनि अभिनेता सैफ अलीले भनेका छन्। विवाह भएको पाँच बर्ष पुग्नैलाग्दा करिना गर्भवती बन्दा आमा बन्ने अमिट रहर बोक्दै आएकी उनी निक्कै खुशी तथा दंगदास बनेकी पनि सैफ अलीले बताएका छन्। करिना आमा बन्ने खुशीयालीमा यी दम्पतिले हालै लण्डनको भ्रमण गरेका थिए।

प्रकाशन मिति–२०७३ साल असार १९ गते आइतवार ।