मध्यपुर थिमि । नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन संपन्न भएको छ। मध्यपुर थिमि नगरपालिका वडा नंबर ३ स्थित गठ्ठाघरको चिकेन स्टेशनमा नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनवाट नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको अध्यक्षमा चुडामणि फुयाँल निर्वाचित भएको छ। त्यस्तैगरेर, उपाध्यक्षमा नारायणी थापा मगर, उपाध्यक्ष प्रदिप श्रेष्ठ,
सचिव समीर शंखदेव प्रजापति, सहसचिव मेरिका राई, कोषाध्यक्ष रञ्जना सितिखु, सहकोषाध्यक्ष अष्टमान लामा निर्वाचित भएका हुन्। सदस्यहरुमा तुल्सी राम श्रेष्ठ, राजेश कमल क्षेत्री, परमेश्वरि कायस्थ, राजकुमार चक्रधर निर्वाचित भएका छन्।

मध्यपुर थिमि नगरपालिका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको साधारण सभा तथा अधिवेशनको नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाको अध्यक्ष दीपक बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष आतिथ्यता नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको रहेको थियो।
प्रकाशन मिति–२०७८ साल साउन १८ गते सोमवार ।