काठमाडौं। पचासको दशकमा आयोजित नेपाली भिडियो चलचित्र महोत्सवमा सर्वाधिक अवार्ड जित्न सफल थारु भाषाको प्रथम चलचित्र करमको सिक्वेल फिल्म करम २ निर्माण हुने भएको छ। तीस बर्षपछि चलचित्र करमको सिक्वेल करम २ थारु भाषामा नै निर्माण हुन लागेको हो।

थारुभाषा चलचित्रका सुपरस्टार एवम् निर्देशक परशुराम चौधरीको निर्देशन तथा रेणु चौधरीको निर्माणमा करम २ को निर्माण हुने भएको हो। चलचित्र करम २ को गीत रेकर्डिङ कार्य शुभारम्भ भएको छ।

अग्रज चलचित्र नृत्य निर्देशक कमल राईको आतिथ्यतामा काठमाडौंको कमलपोखरी मार्ग स्थित चर्चित संगीतकार विकास चौधरीको मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा चलचित्र करम २ को गीत रेकर्डिङ कार्य धमाधम भैरहेको जानकारी निर्देशक परशुराम चौधरीले भिजन संसार डटकमलाई दिएका छन्।

आगामी भदौं महिनावाट चलचित्र करम २ को पूर्वी नेपालको सुनसरी झुम्कावाटै छायाँकन शुरु हुने भएको छ। जसमा करम चलचित्रका सुपरस्टार हिरो तथा निर्देशक परशुराम चौधरीकै विशेष अभिनय तथा निर्मात्री रेणु चौधरीको विशेष अतिथि भूमिका रहने जनाइएको छ। वाँकी कलाकार तथा प्राविधिकहरुको छनौट हुने जानकारी पनि निर्देशक चौधरीले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन १८ गते सोमवार ।