काठमाडौं। नेपालको सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको पनि भाउ तोलामै ९५ रुपैयाँ बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ। मंगलबार नेपाली प्रतितोला १ हजार ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
प्रकाशन मिति–२०७७ साल साउन ७ गते बुधवार ।