काठमाडौं। नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर सम्मानित बनेका छन्।

नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवाट पत्रकार तुलाधर सम्मानित बनेका हुन्। एपिक नेपाल सम्मान पूर्वप्रधानमन्त्री प्रचण्डले अग्रज पत्रकार तुलाधरलाई प्रदान गरेका थिए।

काठमाडौंको ठमेल स्थित छायाँ कम्पलेक्समा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा अग्रज पत्रकार तुलाधरको अलावा ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामालाई पनि सोही सम्मान प्रदान गरिएको थियो।

त्यसको अलावा गीत–संगीतको ६६ विधामा सो अवार्ड प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल माघ ५ गते शनिवार ।