काठमाडौं। नेपालमा अव आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ। १ सेप्टेम्बर बुधबार देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको हो।

वायुसेवा संचालक संघले जनाएअनुसार, विश्वभर हवाई यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएकोले हटाइएको हो।

बुधवारवाट वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गर्ने भएका छन्। अनिवार्य फेसशिल्डको प्रयोग हटाई मास्क मात्र लगाए पुग्ने गरी निर्णय गरिएको पनि बायुसेवा संघले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था छ। नेपालमा भने, कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको थियो ।

प्रकाशन मिति–२०७८ साल भाद्र १५ गते मंगलवार ।