काठमाडौं। नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्न नदिन फेरिपनि लकडाउन थप भएको छ। नेपाल सरकारले बैशाख ३ गतेसम्मका लागि लकडाउन थप गरेको हो।

सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन अर्थात् बैशाख ३ सम्मका लागि गर्ने निर्णय गरेको छ। बैशाख ११ देखि जारी लकडाउन बैशाख ३ सम्मका लागि लम्ब्याइएको हो। सरकारले दोस्रो पटक लकडाउनको अवधि थपेको हो।

कोरोनाभाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि सरकारले चैत्र २५ गतेसम्मका लागि फेरि थपेको थियो।


प्रकाशन मिति–२०७६ साल चैत २४ गते सोमवार ।