काठमाडौं। नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव परेको छ। जसको कारण आज शुक्रवार काठमाडौं उपत्यकालगायत देशभर बदलीसँगै वर्षा भएको छ।

बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको छ। आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहनेछ।

प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ २३ गते शुक्रवार ।