Mr.Prakash Man Singh-Sinior Leader of Nepali Congress.

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लगतै बन्ने सरकारमा नेपाली कांग्रेसले प्र्रभावशाली नेता प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ।

सोही बमोजिम काठमाडौ क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार प्रकाशमान सिंहको चुनावी नारा पनि लगभग त्यस्तै गरेर कांग्रेसले तयार गरेर प्रचार अभियान तिब्र पारेको छ। त्यसैगरेर, १७ पटक प्रधानमन्त्रीको चुनावमा हारेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडे्ललाई नेपालको भावी राष्ट्रपतिको रुपमा उभ्याएर चुनाव प्रचार–प्रसार गर्ने कार्य प्रारम्भ गरिएको छ।

Nepali Congress Leaders-Mr.Prakash Man Singh, Ram Chandra Paudel & Sher Bahadur Deuba.

नेता पौडे्ल तनहुँ क्षेत्र नंबर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन्। पौडे्लको बागी उम्मेदवार कांग्रेसकै गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि पौडे्ललाई चुनाव जित्न सहज हुन पुगेको छ। यता नेपालका लौहपुरुष बीर गणेशमान सिंह पुत्र भावी नेपालको प्रधानमन्त्री प्रकाशमान सिंहको कडा प्रतिस्पर्धीको रुपमा विवेकशील साझा पार्टीका रविन्द्र मिश्र देखिएका छन्।

नेकपा एमालेले सिंहको प्रतिस्पर्धीको रुपमा वजनदार नेता उम्मेदवार नबनाएको कारण उनलाई चुनाव जित्न सहज हुने देखिएतापनि रविन्द्र मिश्रसंग टक्कर लिन अलि कठिन पर्ने हो कि भन्ने आँकन गरिएको छ। यसो भएतापनि काठमाडौ क्षेत्र नंबर १ बाट प्रकाशमान सिंहलाई जिताउनै पर्दछ भन्ने काठमाडौबासीहरुको एकमत रहेको छ। काठमाडौलाई बुझेको अनि काठमाडौकै लोकल भएको कारण सिंहको जित अत्यावश्यक भन्नेहरुको भीड रहेको छ। यसकारण पनि सिंहलाई काठमाडौवाट चुनाव जित्न दबाबै भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १९ गते आइतवार ।