काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले नेपाली चलचित्रमा अभिनय गर्न पाउंदा गौरबता लागेको खुलासा गरेकी छन्। नेपाली चलचित्र पासवर्डको एक गीतमा आइटम डान्स गरेकी सनी लियोनीले नेपाली चलचित्रमा जोडिन पाउंदाको गौरबता ट्वीट मार्फत व्यक्त गरेकी हुन्।

सनी लियोनी अभिनित नेपाली चलचित्र पासवर्डको आइटम गीत केही दिनअघि मात्र युट्युब मार्फत रिलिज गरिएको थियो। त्यस भिडियोलाई आठ लाखभन्दा बढीले हेरिसकेको छ। यिनै भिडियोलाई ट्वीटरमा पनि सेयर गर्दै नेपाली चलचित्रको आफू पनि हिस्सा बन्न पाएकोमा गर्ब लागेको सन्नी लियोनीले ट्वीट गरेकी हुन्। नेपाल र नेपाली चलचित्रलाई प्यार, लब भन्ने उल्लेख पनि सन्नी लियोनीले गरेकी छन्।
प्रकाशन मिति–२०७६ साल असार ५ गते विहीवार ।