काठमाडौं। नेपाली डान्सलाई विश्वव्यापी गर्ने उदेश्यले गोल्डेन पिल्लर डान्स एकेडेमीको शनिवारवाट शुभारम्भ भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २२ स्थित टेबहालमा गोल्डेन पिल्लर डान्स एकेडेमीको शुभारम्भ भएको हो।

रेक्स फेसन होमको मेरुदण्डको रुपमा स्थापना भएको वताइएको गोल्डेन पिल्लर डान्स एकेडेमीको उदघाटन सोही रेक्स फेसन होमका सीइओ रेक्स रञ्जितले गरेका थिए। रेक्स फेसन होमका अध्यक्ष तथा प्रवन्ध निर्देशक खगेश रञ्जितकारले नेपालीको हरेक नृत्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराई डान्स ईन्डिया डान्स, अमेरिकी डान्स प्रतियोगितामा पनि जित्न सक्ने कुशल डान्सर जन्माउने प्रतिबद्धता उदघाटन समारोहमा जनाएका छन्।

शुभारम्भ कार्यक्रममा गायिका बुनु राई मानान्धर , डान्स कोरियोग्राफर सोनिया तुलाधर , प्रथम प्रशिक्षार्थी मिस नेशनल रेजिना मानन्धर , बरिष्ठ जिम्न्यास्टीक प्रशिक्षक बि आर मानन्धर मोडल अभिलेश श्रेष्ठ , मोडल रेश्मा श्रेष्ठ र प्रशिक्षार्थी कृपा तण्डुकार तथा समाजसेवी समुद्र मानन्धर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व रेक्स फेसन होमकी संरक्षक साधना रञ्जितको सभापतित्वमा भएको थियो।
प्रकाशन मिति–२०७७ साल चैत्र ८ गते आइतवार ।