काठमाडौं। नेपाल संवत ११३९ नयाँ बर्षको उपलक्ष्यमा नेवाःनखःज्याझ्वःसंपन्न भएको छ। काठमाडौंको ऐतिहासिक अनि पुरातत्विक महत्वको स्थल ठहिटी चोकमा नेवाःनखःज्याझ्व संपन्न भएको हो। ठहिटीको अत्यन्त पुरानो संस्था नेपाल मैत्री अध्ययन मण्डल पुस्तकालयको आयोजनामा ज्याझ्व कार्यक्रम संपन्न भएको हो।

नेवाःखानेकुरा तथा सामाग्री अनि म्युजिक कन्सर्टको प्रमुख आकर्षण रहेको कार्यक्रम विशेषत नेपाल संवत ११३९ नयाँ बर्षको शुभकामना आदान–प्रदान गर्ने प्रमुख उदेश्यले भएको जानकारी काठमाडौं महानगरपालिका वडा नंबर १७ का वडा अध्यक्ष नविन मानन्धरले बताएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नेवाःनखःज्याझ्वःको प्रमुख आकर्षण नै बने। मेयर शाक्यले त्यहाँ राखिएका सवैखाले स्टलमा पुगेर जानकारी लिने देखि सवै स्टलहरुवाट कुनै न कुनै सामाग्री खरिद गरेर हौसला बढाउने कार्य गरेका छन्।

मेयर शाक्य प्रत्येक स्टलमा पुगेर नेवाःखानेकुरा देखि विभिन्न अर्गानिक उत्पादन तथा उद्यमहरुको विकास अनि प्रवद्र्धनमा गरेको उत्प्रेरणा सवैको लागि प्रेरणादायी विषय बनेको थियो। नगरपिता भएको हैसियतले सवैलाई नयाँ बर्ष ११३९ को अवसरमा भिन्तुना अर्थात शुभकामना भन्दै सवैको दिगो विकास तथा उत्थानमा प्रेरणा बन्नु निश्चित रुपमा अत्यन्त राम्रो कार्य भएको कुम्भ मेला जस्तो देखिएको दिनभरको कार्यक्रममा प्रायले भनेको पाइयो।

स्थानीय बुद्धिजिवी देखि सवैखाले राजनीतिक पार्टीका व्यक्ति–विशेष तथा सामाजिक अभियन्ताहरुको पनि व्यापक सहभागिता रहेको शनिवारको ठहिटी चोकको कार्यक्रम अत्यन्त सफल भएको सवैको टिप्पणी रहेको देखियो। नेपाल संवत आन्दोलनका प्रणेता पदमरत्न तुलाधरको दुःखद निधनका कारण यो बर्षको नेपाल संवत अनुसारको नयाँ बर्ष ११३९ पहिला जस्तो तामझामका साथ मनाइएको थिएन।

त्यसैको बदलावमा नयाँ बर्षको दिन बसन्तपुरमा देखिने गरेको झलकलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्यको रुपमा नेवाःनखःज्याझ्वःमा देखियो। यसप्रकारको कार्यक्रमले नेपाल संवत नयाँ बर्ष ११३९ लाई ढिल्लैभएपनि रमाइलोसंग मनाउन सकिने भन्ने प्रमाणित गर्न सफलता प्राप्त गरेको पाइयो।

प्रकाशन मिति–२०७५ साल मंसीर ८ गते शनिवार ।