काठमाडौं। कोरोनाको कहरले विश्व आतंकित भैरहेको वर्तमान अवस्थामा यो बर्षको नोभेम्बर महिनामा हुन गैरहेको अमेरिकी राष्ट्रपति चुनाव रोमाञ्चकारी बन्ने भएको छ। अमेरिकी हलिउड स्टार किम कार्दशियनका श्रीमान हलिउड र्‍यापर स्टार कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणाले रोमाञ्चकारी बन्न लागेको हो।

किमका पति कान्ये वेस्टले भगवानमाथि विश्वास राख्दै अब अमेरिकाको अमेरिकाको राष्ट्रपति पदमा चुनाव लड्दैछु भनेर आफ्नो भिजन सहित ट्वीट गरेका छन्। कान्ये वेस्टको यो ट्वीट किम कार्दशियनले अमेरिकी झण्डाको साथ समर्थन गरेकी छन् । किम यस ट्वीट पछि चर्चामा आएकी छन्। केहीले किम अमेरिकाको भावी प्रथम महिला भन्न थालेका छन्।

किमको अतिरिक्त एलन मस्कले पनि कान्येलाई समर्थन गरेका छन्। कान्येले सन् २०१५ मा नै अमेरिकाको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए। जुन यो बर्ष उक्त इच्छा पूरा गरेर जित्ने तर्खरमा नै रहेका छन्। कान्येको प्रतिस्पर्धा वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पसंग नै हुने भएको छ।


प्रकाशन मिति–२०७७ साल असार २३ गते मंगलवार ।