ललितपुर। सहकालका देवता मानिएका रातो मछिन्द्रनाथको रथारोहण स्थगित भएको छ। ज्यादै मेहनत गरेर बनाइएको रातो मछिन्द्रनाथको रथ तयार भएर असार २४ गते पाटनको तःबहाको सत्तलम राखिएको मछिन्द्रनाथलाई पुल्चोकमा बनाइएको रथमा रथारोहण गराउने तय गरिसकेको अवस्थामा स्थगित भएको हो।

मंगलवार ललितपुर जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र सरोकारवाला पक्षबीच भएको बैठकले हाललाई रथ निर्माण रोक्ने र रथारोहण पनि स्थगित गर्ने निर्णय सहितको पत्र संवन्धित पक्षलाई गुठी संस्थान ललितपुरले लेखेपछि जात्राको तयारीमा रहेकाहरुको उत्साहमा निराशा उत्पन्न भएको छ।

कोरोनाको कहरमा कोरोना संक्रमण बढिरहेको बेला रथयात्रा भए संक्रमण फैलिनसक्ने आशंकामा उक्त निर्णय भएको हुनुपर्ने आशंका गरिएको छ। Photo By-Rekha Shakya
प्रकाशन मिति–२०७७ साल असार २३ गते मंगलवार ।