काठमाडौं। नेपाली सांगीतिक घरानिया ख्यातिप्राप्त गायक तथा संगीतकार पन्नाकाजीको तेश्रो पुस्ता प्रशानमान पनि गायक बनेका छन्। इस्वी संवतअनुसारको नयाँ बर्ष सन् २०२१ सालको अवसर पारेर पन्नाकाजीको तेश्रो पुस्ता नाति प्रशानमान पनि गायक, संगीतकार तथा गीतकार वनेका हुन्।

नयाँ बर्ष २०२१ सालको शुभारम्भमा नै प्रशानमानले आफ्नै स्वर, संगीत र शब्दमा ‘तिमी र म’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेर हजुरबुवाको बिडो थाम्ने कार्य गरेका छन्। हजुरबुवा पन्नाकाजी र पिता ख्यातिप्राप्त गायक प्रवेशमान शाक्यको सांगीतिक छत्रछायाँमा हुर्केका प्रशानमानको गीत ‘तिमी र म’मा फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन् ।

यस गीतलाई प्रशानमानले लिरिकल भिडियो यूट्युबमार्फत सार्वजनिक गरेका हुन्। उक्त लिरिकल भिडियोलाई अनुप पौडेलको सम्पादन गरेका छन्। २३ वर्षीय गायक प्रशानमान दुई वर्ष यता चर्चित सांगीतिक ब्याण्ड ‘१९७४ एडी’का संगीतकर्मी मनोज केसीसँग गायन तथा गिटारवादनको प्रशिक्षण लिइरहेका छन्।पितामह पन्नाकाजी देखि पिता प्रवेशमान शाक्यसम्मका छवि प्रशानमानमा देखिएका छन्।

प्रकाशन मिति–२०७७ साल पुस १८ गते शनिवार ।