Madona 3काठमाडौ। हलिउडकी पप स्टार म्याडोनाको गायन कलालाई बेग्लै मान्ने गरेको छ । गीत गाउँदा–गाउँदै आफ्नै छात्ति मुसारेर सवैलाई उत्तेजित बनाउने त उनको विशेषता नै रहेको छ । अर्कोतर्फ निर्वस्त्र फोटोसुट गरेर हेर्ने सवैलाई कायल पार्ने ५६ बर्षिय म्याडोनाको जिन्दगी अत्यन्त लोभलाग्दो तथा रहस्यमय भएको छ । जति पढे्पनि उनको जिन्दगीको पन्ना त्यतिकै लोभलाग्दो तथा रोमान्चक रहेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ।

Madona 1सन् १९९० सालमा नै म्याडोना पपस्टार बनिसकेकी थिइन्। त्यही साल उनले गरेको एक हट फोटोसुटले तहल्का नै मच्चाएको थियो । फोटोमा उनी आँखामा डार्क मेकअप लगाएर ओछ्यानमा पल्टिरहेकी उनको हातमा चुरोट अनि कम्मरभन्दा माथि निर्वस्त्र थियो। उक्त फोटोले उनलाई व्यापक विवादमा ल्यायो । विवादको चुलीमा पुगेको उक्त फोटो केही समयपश्चात १५ हजार डलरमा बिक्री भएको थियो। त्यसपछि त उनले जीवनमा धेरै पटक निर्वस्त्र फोटोसुट गराएर रेकर्ड नै राखेको पाइन्छ ।

Madona 2हाल म्याडोना ५५ वर्ष पुगेतापनि उनको हाउभाउ टिनएजरको जस्तै छ। हाउभाउ, फिगरदेखि चम्किलो मुहारले युवा पुस्तामा पनि उनको क्रेजमा खासै कमी आएको पाइदैन । दुई बच्चाकी आमा म्याडोनाले वल्र्ड वेस्ट लुकिङ मदरको उपमा समेत पाएकीछन् । स्वस्थ्य र तन्दुरस्ती रहन अष्टांग योग गर्ने गर्ने उनले साताको ६ दिन दैनिक दुई घन्टाको दरले अष्टांक योग अभ्यास गर्ने गरेको खुलासा भएको छ । जिम गर्न त्यति मन नपराउने उनी योगकै कारण फिट भएकी हुन्। म्याडोना जति बिन्दास भएर रोमान्स गर्छिन् । काम पनि त्यत्तिकै गर्छिन्। दैनिक १३ घन्टा काम गरेर आफूलाई फिट र तन्दुरुस्त राख्ने गर्छिन्।

म्याडोनाले आफ्नो किताब तथा एल्बम इरोटिकामा यौनको विषय उठाएकी थिइन्। उक्त गीत अभिनेत्री डिटा पार्लोबाट प्रभावित भएर सेक्स र रोमान्सको विषयमा लेखेको उनले प्रस्ट्याए पनि अत्यन्तै विवादित बन्यो। स्रोतका अनुसार नजिकका दुईजना साथी एड्सले बितेपछि उनले उक्त एल्बम बनाएकी थिइन्। प्रेम र रोमान्समा माहिर उनी हाल २७ वर्षिय टिमोर स्टेफेनसँग डेटिङमा मस्त बनेकी छन्। नेदरल्यान्ड मूलकी भएपनि हाल उनी अमेरिकामा बस्छिन्।
प्रकाशन मिति–२०७३ साल माघ ४ गते मंगलवार ।