काठमाडौं। विरानो परदेशवाट स्वदेशको त्यही माया सम्झनु र गाउंठाउंको त्यही ढिक्की याद आउनु स्वभाविक हो। त्यो स्वभाविक यथार्थता स्वभाविक अभिनयका माहिर अभिनेता विनोद चिपालु अभिनित गीतको भिडियोमा देखिने भएको छ।

उनै स्वभाविक अभिनेता विनोद चिपालु अभिनित ढिक्की याद आयो बोलको गीतको भिडियो शनिवार बेलायतवाट रिलिज हुने भएको छ। इनास युकेको प्रस्तुति तथा अभिनेता विनोद चिपालुकै कन्सेप्टमा निर्मित भिडियो ढिक्की याद आयोमा विनोद चिपालुका साथमा अभिनेत्री पवित्रा आचार्यको बुलन्द अभिनय रहेको छ।

त्यस्तैगरेर, पछिल्लो पुस्ताका चर्चित अभिनेता किशोर चिपालु, सुशान्त चिपालु, अजय महर्जन, माधवलाल श्रेष्ठ, सनुजा श्रेष्ठ र सेजल गौतमको अभिनय रहेको छ। नेपाली चलचित्र उद्योगका प्रतिष्ठित निर्देशन देवकुमार श्रेष्ठको निर्देशनमा गीतको भिडियो तयार भएको छ। नेपाल, बेलायत, अष्ट्रेलिया र फ्रान्समा यस गीतको भिडियो छायाँकन भएको जानकारी अभिनेता विनोद चिपालुले भिजन संसार डटकमलाई दिएका छन्।

भिडियोको सम्पादन, कलरिङ तथा इफेक्ट आशिष श्रेष्ठले गरेका छन्। छायाँकन गुणदेव घिमिरे र अम्बर चित्रकारले गरेका छन्। मेकअप पूजा शाहीको रहेको छ। ढिक्की याद आयो गीतमा ख्यातिप्राप्त गायक आनन्द कार्कीको गायन र सुरेन्द्र रानाको शव्द रचना रहेको छ। सविना चिपालु निर्माता रहेकी छन्।

https://www.facebook.com/binod.chipalu.1/posts/4246765305346312

प्रकाशन मिति–२०७८ साल असार १८ गते शुक्रवार ।