pawan-joshi-video-3काठमाडौ। चार मिनेटको गीतको भिडियोमा पनि अढाई घण्टा लामो चलचित्रको कथा जस्ताको तस्तै अटाउने सकिन्छ। त्यो निर्देशकको खुवीमा भर पर्ने कुरा हो। पछिल्लो पल्ट बरिष्ठ चलचित्र अभिनेता पवन जोशीले निर्देशन गरेको नेपालभाषाको एक गीतको म्युजिक भिडियोमा चार मिनेटको भिडियोमा अढाई घण्टाको कथावस्तुलाई सर्टकटमा प्रस्तुत गरेर सवैको वाहवाही पाउन सफलता प्राप्त गरेको छ।

Director Pawan Joshi in direction time.
Director Pawan Joshi in direction time.

बरिष्ठ गायक रत्न बेहोशीको स्वर तथा शव्द रचना र बरिष्ठ संगीतकार धनवहादुर गोपालीको संगीत रहेको त्वाकलय थगु गपः दिका बोलको गीतको भिडियोमा छोरा–बुहारीवाट पीडित एक बाउको दुखान्त कथालाई गीतको माध्यमवाट प्रस्तुत गरिएको छ।

pawan-joshi-video-2

गीतको भाकामा पूर्ण कथालाई गांभिर्यतापूर्वक बाउको भूमिकामा नेपालभाषाको चलचित्र सिलुका प्रथम नायक जय महर्जनले जीवन्त अभिनय गरेका छन्। जयलाई राज्यलक्ष्मी स्थापित, सञ्जु महर्जन र कृष्ण महर्जनले अभिनयमा साथ दिएका छन्। सवै दृश्य कीर्तिपुरमा एकैदिनमा छायाँकन संपन्न गरेर निर्माण गरेको निर्देशक जोशीले भनेका छन्। जुन गीत नेपाल मण्डल टेलिभिजनमा हाल निक्कै लोकप्रिय बन्दै गएको छ।

pawan-joshi-video-1प्रकाशन मिति–२०७३ साल मंसीर २१ गते मंगलवार ।