Vetran Film Director & Writer Mr. Pawan Joshi

काठमाडौं। ख्यातिप्राप्त प्रतिष्ठित अग्रज अभिनेता तथा चलचित्र निर्देशक पवन जोशीव्दारा रचित गीतहरु एक पछि अर्को गरेर धमाधम रेकर्ड भैरहेको छ।

यसक्रममा अग्रज अभिनेता जोशीव्दारा लिखित ६५ औं गीत केही दिनअघि मात्र रेकर्ड भएको हो। जसमा ताराराम मुनंकर्मीको सुमधुर गायन रहेको छ।

 

अनिल तुलाधरको संगीत तथा एरेञ्जमा रेकर्ड भएको उक्त गीतको बोल नै नचाहिने कुरा गरेर समय खेर नफाल रहेको छ।

नेपालभाषामा रेकर्ड भएको यस गीतको भिडियो चाँडै निर्माण गर्ने जानकारी गायक ताराराम मुनंकर्मीले दिएका छन्।
प्रकाशन मिति–२०७८ साल असार १८ गते शुक्रवार ।