काठमाडौं। नेपालभाषाका एक पछि अर्को म्युजिक भिडियो निर्देशन गरेर व्यापक चर्चामा आएका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको  एक पछि अर्को गरेर तीनवटा गीतको भिडियो रिलिज भएको छ। २२ घण्टामा तीनवटा गीतको भिडियो रिलिज भएको हो।

Vetran Film Director & Writer Mr. Pawan Joshi

धुकु पिकु क्यने छन्त, छ मदुगु थ्व जीवन र फागुया बेला रंगया मेला बोलका तीन गीतका भिडियो २२ घण्टामा रिलिज गरिएको निर्देशक जोशीले भिजन संसार डटकमलाई वताएका छन्। त्यसरी एक पछि अर्को गीतका भिडियो थोरै समयको अन्तरालमा आउंदा भिडियोका दर्शक बाडिने गरेको अनुभव आफूले पाएको निर्देशक जोशीको भनाई छ।

दर्शक तीन गीतका भिडियोमा बाडिएपनि सवै गीतले राम्रो रेस्पोन्स पाएको निर्देशक जोशीको दावी रहेको छ। यसअघि रिलिज भएको निर्देशक जोशीको राजामति कुमति बोलको गीतको भिडियोले लाखौं लाखको क्लबमा प्रवेश पाएर इतिहास रचिसकेको छ। हालसम्म निर्देशक जोशी निर्देशित ७० गीतका भिडियो रिलिज भैसकेको छ।

प्रकाशन मिति–२०७७ साल चैत्र ५ गते विहीवार ।