काठमाडौं। बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूतले आइतवार आत्महत्या गरेका छन्। बान्द्रास्थित अपार्टमेन्टमा सुशान्तको शव भेटिएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ।

अभिनेता सुशान्तले झुन्डिएर आत्महत्या गरेको जनाइएको छ।सुशान्तको शवलाई पोष्टमार्टम गरिएको छ। पोष्टमार्टम रिपोर्ट अनुसार, अभिनेता सुशान्तले आत्महत्या गरेको पुष्टी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त बलिउडका चर्चित नायक थिए। उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए।

 ३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन् । उनले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’, ‘छिचोरे’ जस्ता सफल चलचित्रमा काम गरेका छन्। जिटीभीको सिरियल ‘पवित्र रिस्ता’ बाट सुशान्तको करिअर सुरु भएको थियो। उनी अविवाहित थिए।


प्रकाशन मिति–२०७७ साल असार १ गते सोमवार ।