hindi-film-2काठमाडौ। भारत र पाकिस्तान वीच संभावित युद्धको अवस्थालाई ध्यान राख्दै पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने तयारी भएको छ। त्यसको लागि पाकिस्तानको लाहोर उच्च न्यायालयमा रिट दायर भएको छ।

युद्धको संभावित अवस्थामा पाकिस्तानी सिनेमा हलमा भारतीय सिनेमा प्रदर्शन गरिनु शोभनीय नभएको भन्दै पाकिस्तानी कानून व्यवसायीले प्रदर्शनमा रोक लगाउन माग गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ।

hindi-film-3

पाकिस्तानी कानून व्यवसायी इश्तयाक चौधरीले पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन अदालतले आदेश दिनुपर्ने माग रिटमा गरेका छन्। उनले भारतमा पाकिस्तानी कलाकारलाई एक राजनीतिक संगठनले नै देश निकालाको चेतावनी दिइसकेको अवस्थामा पाकिस्तानमा भने भारतीय चलचित्र प्रदर्शन गरिरहनुको औचित्य नरहेको पनि जिकिर गरेका छन्।

hindi-film-3

चौधरीका अनुसार पाकिस्तानमा चलचित्र प्रदर्शन गरेर कमाएको रकम भारतले कश्मिरी नागरिकमाथि दमनमा खर्च गरिरहेको आरोपसमेत लगाएका छन्। शनिबार अदालतले उनको निवेदनमाथि सुनुवाई गर्दै पाकिस्तानको केन्द्र सरकार र सेन्सर बोर्डसँग जवाफ मागेको छ। सो मुद्दाको अर्को सुनुवाई मंगलबार हुने जनाइएको छ।

प्रकाशन मिति–२०७३ साल असोज ९ गते आइतवार ।