काठमाडौ। आइतवारवाट शुरु भएको असारे झरीको बर्षा सोमवार दिनभर नै नेपालमा कायम रह्यो। यो बर्षा मंगलवारसम्म नै भारी रुपमा नै हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले भनेको छ।

नेपालका विभिन्न स्थानमा भारी बर्षाको कारण जलमग्न बनाइदिएको छ। कतिपय स्थानमा राजमार्ग तथा बाटोघाटो नै जलमग्न हुंदा आगमनमा नै अवरोध उत्पन्न भएको छ।

नदीनाला तथा ताल–तलैया तथा पोखरीहरुमा पानीको सतहमा अत्याधिक बृद्धि भएको छ। भारी बर्षाको असर काठमाडौमा पनि देखिएको छ। काठमाडौका ठाउं–ठाउंमा पानीले हैरान पारेको छ।

चावहिल देखि बौद्ध हुंदै जोरपाटी पुग्ने बाटो त खोला नै भएको छ। त्यो स्थानका स्थानीय तथा पसले व्यापारी र त्यो वाटो भएर आतेजाते गर्ने गोकर्ण, साँखु, आलापोट तथा भद्रवास, सुन्दरीजलका स्थानीयहरुलाई पनि अत्यन्त मर्का परेको छ।

चावहिल–बौद्ध–जोरपाटीको बाटो निर्माण नहुनु र उचित निकासको व्यवस्था नहुंदा बर्षामा झन विजोग भएको स्थानीयको भनाई रहेको छ। अन्य स्थानमा पनि खाल्डाखुल्डीमा जमेका पानीले काठमाडौबासीले हैरानी खेप्नु परेको छ।

प्रकाशन मिति–२०७५ साल असार १८ गते सोमवार ।