न्युयोर्क। नरोउ तिमी भन्छौ भने, साँझ ढालेको थाहै पाएन, सुनसान बगरमा जस्ता चर्चित गीतहरु लेखेर चर्चामा आएका गीतकार पासाङ सेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ‘’ सार्वजनिक भएको छ ।

नेपाल आइडल २ को उपाबिजेता बिक्रम बरालको स्वर तथा बरिष्ठ संगीतकार हरि लम्सालको सङ्गीत, रिकेश गुरुङको एरेञ्जमा नेपालबाट सोमबार रिलिज गरिएको छ। ‘सयौं डाँडा काट्दै आएँ‘’ को भिडियो हालै युटुब र विभिन्न टेलिभिजन च्यानलहरुबाट एकैसाथ सार्वजनिक पनि भएको छ।

पासाङको नयाँ गीतले प्रबासी नेपालीको कथा बोकेको छ । घर परिवारलाई छोडेर परदेशिनुको पीडा र परदेशमा रहदाको एक्लोपन र दुःख पीडालाई गीतका शब्दले बोकेको छ भने भिडियोले गीतका शब्दलाई जिवन्तता प्रदान गरेको छ।

म्युजिक भिडियोको निर्देशन निकेस खड्काले गरेको छन्। बुद्ध थापा र ईश्वर आर थापाको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा गौरव पहरी र वर्षा रावतको जीवन्त अभियान देख्न पाइन्छन्। भिडियो सम्पादन कार्य बिकाश धमलाको र मेकप हिना मगरले गरेका छँन् ।

प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।