काठमाडौं। पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण भएको छ। सोमबार काठमाडौंको चावहिलस्थित फलैंचामा गीतकार सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा उमेश राईको पूर्वेली जुहारी गीत ‘ट्याम्के र सेल्मे’ लोकार्पण भएको हो।

फलैंचा इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको गीत ‘ट्याम्के र सेल्मे’मा उमेशको लय तथा शब्द सङ्कलन रहेको छ भने उमेश राई, सन्तोष दुमी राई र शसिका राईको स्वर रहेको छ।

देवेश राईंको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई छायाँकन र सम्पादन फराज अर्पणले गरेका छन्।
प्रकाशन मिति–२०७६ साल असोज १४ गते मंगलवार।