काठमाडौं। बडा दशैंको नवरथाको शुभ–अवसरमा शुभकामना सहित राष्ट्रिय नवदुर्गा सम्मान भएको छ।

दुई जुझारु नायिका रेजिना उप्रेती र विमला केसीको आयोजनामा राष्ट्रिय नवदुर्गा सम्मान सोमवार राष्ट्रिय नाचघरमा भएको हो। जसमा प्रथम नेपाली चलचित्र आमाकी नायिका भुवन चन्द देखि हाँस्य सम्राज्ञी बसुन्धरा भुसाल, बरिष्ठ अभिनेत्री गौरी मल्ल, सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर,नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइंटेल र स्वस्तिमा खड्कासम्मलाई सम्मान गरिएको छ।

सम्मान नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेल र चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईले संंयुक्त रुपमा प्रदान गरेका थिए।


तस्वीर सौजन्य–लक्ष्मीकुमारी श्रेष्ठ
प्रकाशन मिति–२०७६ साल असोज १४ गते मंगलवार ।