karisma-manandharकाठमाडौ। पोखरामा शनिवार आयोजित आठौ डी सिेन अवार्ड कार्यक्रममा सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरलाई रजत सम्मानवाट सम्मानित गरिएको छ। सोही सम्मानवाट चलचित्र निर्माता छविराज ओझालाई पनि सम्मानित गरिएको छ। छायाँछवि क्रियसनले आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारवाट सञ्चारकर्मी नरेश भट्टराईलाई प्रदान गरिएको छ।

कार्यक्रममा केकी अधिकारी र सौगात मल्ललाई ‘फन्को’ फिल्मका लागि क्रिटिक्स अवार्डबाट सम्मानीत गरियो भने फिल्म पशुपतिप्रसाद, वर्षकै चर्चित गीत भनेर ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै…’लाई पनि क्रिटिक्स अवार्ड दिइयो । जुरी अवार्डबाट फिल्म कबड्डी कबड्डी, पब्लिक च्वाइस अवार्डबाट प्रेमगीतका निर्देशक सुदर्शन थापा र इन्करेज्मेन्ट अवार्डबाट कामेश्वर चौरसिया सम्मानीत भए।

बेस्ट ड्रेस विना घले, बेस्ट एनिमेसन ‘फूलै फूलको मौसम तिमीलाई’बाट रमेशमान श्रेष्ठ, बेष्ट स्टारडम अवार्ड निखिल उप्रेती, चलचित्रकर्मी अवार्डबाट रविन आचार्य, रमेशचन्द्र राई र निर्मल शर्मा सम्मानीत भए । ‘द्यौली’लाई मौलिक फिल्मको अवार्ड दिइएको थियो।
प्रकाशन मिति–२०७३ साल साउन ३२ गते मंगलवार ।