ललितपुर। जस्तोसुकै शारीरिक विषम स्थितिमा पनि चुप लागेर बस्नै नसक्ने अत्यन्त क्रियटिभ सर्जक स्वतन्त्र संसार महर्जनको आयोजनामा यो बर्ष देशकै सर्वाधिक लामो तथा ठूलो दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ आइतवार भव्य तथा सभ्य रुपमा हुने भएको छ। सर्जक स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार्स अनलाइन टेलिभिजन आयोजक रहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा विहान ११ बजेवाट हुने भएको हो।

१ सय १ जनाभन्दा बढीलाई अवार्ड तथा सम्मान प्रदान गरिने यस भव्य अवार्ड कार्यक्रममा नेपाली चलचित्र र साहित्यका युगिन नायक, लेखक तथा निर्देशक प्रकाश सायमीले एउट होइन, पाँचवटा टिकट नै किनेर नयाँ आयाम थपिदिएका छन्।

युगिन लेखक तथा निर्देशक सायमी कुनैपनि कार्यक्रमको प्रमुख अतिथि, विशेष अतिथि तथा समिक्षक भएर सहभागी हुदा आफ्नो तोकिएको पारिश्रमिक लिएर मात्र पुग्ने गरेकोमा आयोजक स्वतन्त्र संसार महर्जनको विषम शारीरिक परिस्थितिका बाबजुद पनि ठूलो आँट, धैर्य तथा साहसवाट अत्यन्त प्रेरित बनेर शुल्क तिरेर टिकट लिएरै कार्यक्रममा सहभागी बन्न जान लागेको जानकारी निर्देशक सायमीले भिजन संसार डटकमलाई दिएका छन्।

निर्देशक सायमीलाई आफ्नो जीवनकै आइडल मान्ने आयोजक स्वतन्त्र संसार महर्जन सायमीको आफूप्रतिको यति ठूलो स्नेह, माया तथा सदभाववाट काम गर्न अझ प्रेरणा मिलेको वताउंछन्।

पाँच मिनेटको म्युजिक भिडियोका लागि ७० भन्दा बढी विधामा अवार्ड राखेर विश्व रेकर्ड राख्ने दौडानमा रहेको दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९ एक ऐतिहासिक नै हुने निश्चित छ। साथमा विभिन्न युगान्तकारी सम्मानले कार्यक्रममा थप चाँद थप्ने देखिन्छ।

प्रकाशन मिति–२०७९ साल माघ २८ गते शनिवार ।