काठमाडौं । जल्दाबव्दा गायक प्रताप दास र गायिका कबिता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुलीको भिडियो सार्वजनिक भएको छ। नव प्रतिभा ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत सार्वजनिक भएको हो।

गीतमा ज्ञानीमाया र हेरुकाको गजबको प्राकृतिक सौन्दर्य सहितको लोकेशनमा रोमान्सलाई प्रस्तुत गरिएको छ। राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् ।

गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ। अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर २६ गते शुक्रवार ।