काठमाडौं। बेलायतमा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाई बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको हो।

नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाएसंगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य भएको कार्य समिति पनि गठन गरिएको छ।

जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्य कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बिक्रमदाश जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्ष निरज शर्मा, सचिब मधुसुदन थापा मगर, सह–सचिब गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री, सदस्यहरु रोमियन वानेम, ध्रुब दत्त, सोहम भेटवाल, देब गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेका छन्।

त्यसैगरेर सल्लाहकारहरुमा बरिष्ठ अभिनेता तथा निर्देशक सनमकुमार बैराग, बरिष्ठ अभिनेता मनिषकुमार श्रेष्ठ, बरिष्ठ गायक सपनकुमार राई, फोटोग्राफर तथा निर्देशक कुशल श्रेष्ठ, एकेन्द्र गुरुङ, बिपी खनाल, र पुरन गिरी रहेका छन्।
प्रकाशन मिति–२०७७ साल मंसीर २४ गते बुधवार ।